अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगल बराबरीमा,

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन्। युरोकप फुटबलको तयारी स्वरुप भएको खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन् । अवसर पाए पनि गोल गर्न दुवै टोली चुके । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि गोल गर्न सकेनन् ।

गएराति भएका अन्य खेलमा स्लोभेनियाले जिब्रालटारलाई ६-० गोल अन्तरले पराजित गर्यो भने नर्थ मेसेडोनियाले काजखस्तानलाई र इटालीले चेक गणतन्त्रलाई समान ४-० गोल अन्तरले हराएका छन् ।यस्तै लात्भियाले लिथुवानियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, कोसोभोले माल्टालाई २-१ गेल अन्तरले हराउँदा हंगेरीले साइप्रस, क्यामरुनले नाइजेरिया, आइसल्याण्डले फारोइ आइल्याण्ड र इस्टोनियाले फिनल्याण्डलाई समान १-० ले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...