८ असाेज, सुर्खेत ।

नेपाली कांग्रेस पञ्चपुरीको १५ औँ नगर अधिवेशनबाट नयाँ नगर कार्यसमिति निर्विरोध चयन भएको छ । अधिवेशनबाट यामबहादुर बिसी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रकाशित नामावलीअनुसार रत्न थापा र ईश्वरी अधिकारी उपसभापतिमा, बलबहादुर बिसी सचिवमा तथा बेदराज भण्डारी सहसचिवमा निर्विरोध चयन हुनुभएको छ ।
नगर कार्यसमितिको सदस्यमा पञ्चपुरीका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी खुला तथा महिला सदस्यहरू चयन गरिएको छ। वडा नं. १ बाट दलबहादुर दमाई र कृष्णा कुमारी गिरी, वडा नं. २ बाट शिवराज कुँडेल र कोपिला कडेल, वडा नं. ३ बाट धनबहादुर बुढा क्षेत्री र गंगा सुनार तथा वडा नं. ४ बाट मनजीते कामी र चन्द्रकली सुवेदी चयन हुनुभएको छ।
त्यस्तै वडा नं. ५ बाट मिनदत्त बर्जागाई र उषा थापा, वडा नं. ६ बाट तीर्थराज खनाल र पवित्रा विष्ट, वडा नं. ७ बाट गणेश बुढा र लक्ष्मी कुमारी शर्मा, वडा नं. ८ बाट चुडामणी घिमिरे र पार्वती कडेल तथा वडा नं. ९ बाट भिमराज सुवेदी र नन्दा भण्डारी चयन हुनुभएको छ।
वडा नं. १० बाट मानसींह वि.क. र गणेश शाही तथा वडा नं. ११ बाट हृदयराज भण्डारी र अन्जु घर्ती सदस्यमा चयन हुनुभएको छ ।
यसैगरी देवेन्द्र बहादुर थापा र गणेश वि.क. युवा खुला, प्रतिभा रावत युवा महिला, प्रेम नेपाली दलित खुला र भद्रा मिजार दलित महिला सदस्यका रूपमा निर्विरोध चयन हुनुभएको छ । नव गठित कार्यसमितिकाे सपथ ग्रहण संग निर्णय पुस्तिका निवर्तमान सभापति कृपाराम थापाले हस्तान्तरण गर्नुभएको छ ।
नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तयारीअन्तर्गत पालिका तहका अधिवेशनहरू अघि बढाइरहेको छ।











