बाबियाचौरमा ४ लाख पुरस्कार राशीको छोटौ बाबियाचौर च्यालेन्ज कप–२०८३ हुँदै

१८ कार्तिक सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचौरमा छोटौ बाबियाचौर च्यालेन्ज कप–२०८३ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बाबियाचौर स्पोट्र्स क्लबको आयोजनामा आगामी कार्तिक २८ गतेदेखि पञ्चपुरी नगरपालिका–६ को बीपी रंगशाला प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
क्लबले प्रतियोगितामा सहभागी हुन इच्छुक फुटबल टिमहरूलाई दर्ता गरी सहभागिता जनाउन आग्रह गरेको क्लवका अध्यक्ष कृष्णबहादुर रावलले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख १ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २ लाख १ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५०० रुपैयाँ, सर्वाधिक गोलकर्तालाई २ हजार ५०० रुपैयाँ, उत्कृष्ट गोलकिपर र उत्कृष्ट मिडफिल्डरलाई जनही १ हजार ५०० रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
बाबियाचौर स्पोट्र्स क्लबले प्रतियोगितामार्फत स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्य राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search