तेस्रो चिसापानी कप २०८३ खुल्ला भलिबल प्रतियोगिता हुँदै

६ कार्तिक ,सुर्खेत ।

चिसापानी युवा क्लबको आयोजनामा तेस्रो चिसापानी कप २०८३ खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी कात्तिक २० गतेदेखि सुरु हुने प्रतियोगिता पञ्चपुरी नगरपालिकाको प्राङ्गण, बाबियाचौरमा आयोजना हुने भएको हो।

स्थानीयस्तरमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

चिसापानी युवा क्लबका अध्यक्ष केशव ओडका अनुसार प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूले आफ्नो सम्बन्धित वडाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन सक्नेछन्। खुल्ला भलिबल प्रतियोगितामार्फत खेलाडीहरूबीच प्रतिस्पर्धा, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, द्वितीय हुने टोलीले २५ हजार रुपैयाँ र तृतीय हुने टोलीले १२ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेता टोलीहरूलाई मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिने अध्यक्ष ओडले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा वडा नम्बर ५ का अध्यक्ष नगेन्द्र बहादुर शाहीले खेललाई सफल बनाउनको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

पञ्चपुरी नगरपालिका वडा नम्बर ५ को समन्वयमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्नुका साथै नगरपालिकामा खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी तथा सम्बन्धित सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search