३ कार्तिक सुर्खेत ।

कैलालीको टीकापुरबाट अछामकाे मङ्गलसेनतर्फ जाँदै गरेको फोर्स गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका–३ स्थित लगमडाँडा नजिकै दुर्घटना हुँदा यात्रुहरू घाइते भएका छन् ।
प्राप्त जानकारीअनुसार कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब साढे १० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी ९जना यात्रुहरू घाइते भएका छन । ८ जनाकाे पञ्चपुरी आधारभूत अस्पताल, पलैटेमा उपचार भइरहेको छ। भने १ जनालाइ वीरेन्द्रनगर रिफर गरिएकाे इलाका प्रहरी कार्यालय बाबियाचाैरले जनाएकाे छ ।
दुर्घटनापछि गाडीका चालक फरार रहेको बताइएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा थप विवरण प्राप्त हुन बाँकी छ।
उपचाररत घाइतेको विवरण-
१) अछाम तुर्माघाट गा.पा. ६ बस्ने वर्ष अं. २७ की जिवन कला बयकको टाउको र हातमा चोट अवस्था मध्यम
२) अछाम विनयक न.पा. १ बस्ने वर्ष अं. २५ को हेमन्त तिमल्सिनाको टाउको र हातमा चोट अवस्था मध्यम ऐ. ११;३० बजे प्रदेश अस्पताल काला गाउ रिफर
३) कैलाली कैलाली न.पा. ३ बस्ने सुनिल बादीको छोरा वर्ष अं. ३ को समिर बादीको टाउको र हातमा चोट अवस्था सामान्य
४) दैलेख ठाटिकान गा.पा. ३ बस्ने वर्ष अं. ४१ को विर्ख टमटाको हातमा चोट अवस्था सामान्य
५) ऐ.ऐ. बस्ने वर्ष अं. २० की सारदा टमटाको टाउकोमा चोट अवस्था सामान्य
६) अछाम कमलबजार न.पा. ७ बस्ने मिन भण्डारीको छोरा वर्ष अं. १५ को निरज भण्डारीको हातमा चोट अवस्था सामान्य
७) अछाम विनयक न.पा. ८ बस्ने वर्ष अं. ३५ को धिराज बि.क.को हातमा चोट अवस्था सामान्य
८) कैलाली लम्किचुहा न.पा. ४ बस्ने वर्ष अं. २० को गोपाल बोगटीको टाउको र हातमा चोट अवस्था मध्यम
९) ऐ.ऐ. बस्ने वर्ष अं. २० की शान्ति भण्डारीको टाउकोमा चोट अवस्था सामान्य













