१३ कार्तिक सुर्खेत ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १० नार्सिमामा आजदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। स्थानीय स्तरमा खेलकुदको विकास तथा खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको उद्घाटन वडा नम्बर १० का वडा अध्यक्ष हरि ढकालको अध्यक्षतामा तथा पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तिदेवी पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा उजिर सिंह विक विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने धनबहादुर विक (नवीन), धर्मराज देवकोटालगायत अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयवासीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।













