१४ असाेज सुर्खेत

सूर्यप्रकाश माध्यमिक विद्यालय पञ्चपुरी–२, पलैटेको आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षणसम्बन्धी कार्यक्रम असोज १४ गते सम्पन्न भएको छ।
विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष सुरज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पञ्चपुरी–२ का वडा सदस्य लक्ष्मी सुनार प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक गोकुल पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक टिकाराम बास्तोलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रेम थापाले गर्नुभएको थियो।
लेखापरीक्षण कार्यक्रममा विद्यालयको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक कारोबार, आय–व्यय तथा आर्थिक व्यवस्थापनसम्बन्धी विषयमा समीक्षा गरिएको थियो। विद्यालयको आर्थिक गतिविधिलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन लेखापरीक्षण महत्वपूर्ण रहेको कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।












