पञ्चपुरी पालिका स्तरिय सातौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता उपाधी जनज्योतीलाइ

१२ बैशाख सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा आयोजित पालिका स्तरिय सातौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । पञ्चपुरी १० मा रहेको जनज्योती माध्यमिक बिद्यालयको आयोजना तथा पञ्चपुरी नगरपालिकाको सहयोगमा भएको खेलकुदमा नगरपालिका भित्र रहेका माध्यमिक बिद्यालय मध्य ७ ओटा माद्यामिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौड, हाई जम्प, लङजम्प लगायतका विभिन्न खेल विधाहरू समावेश गरिएको थियो । सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विद्यालयको प्रतिनिधित्व गरेका थिए । ३ दिन सम्म सञ्चालन भएको खेलमा १२ स्वर्ण १० रजत र ४ कास्य पदक सहित जनज्योती माध्यमिक बिद्यालय पञ्चपुरी १० जामु प्रथम १२ स्वर्ण ७ रजत र ५ कास्य पदक सहित सुर्यप्रकाश माध्यमिक बिद्यालय पलैटे दोस्रो भएका छन ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमलाई मेडल, प्रमाणपत्र वितरण गरिएको छ । विजेता खेलाडीहरू आगामी जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...