पञ्चपुरीमा आगामी वर्ष १८ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता हुने

0 पटक हेरिएको

३० बैशाख, सुर्खेत ।
आगामी वर्ष आयोजना हुने १८ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुर्खेतको पञ्चपुरी नगरपालिकामा हुने भएको छ । प्रतियोगिताको जिम्मेवारी स्वरूप पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले आज औपचारिक रूपमा प्रतियोगिताको झण्डा ग्रहण गर्नुभएको हो ।
बीरेन्द्रनगरमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको समापन समारोहका अवसरमा झण्डा हस्तान्तरण गरिएको थियो । झण्डा ग्रहणपछि नगर प्रमुख भण्डारीले आगामी प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल रूपमा सम्पन्न गर्न नगरपालिका पूर्ण तयारीका साथ लाग्ने बताउनुभयो ।
उहाँले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र स्वास्थ्य चेतना विकास गर्ने भएकाले प्रतियोगितालाई विशेष प्राथमिकताका साथ आयोजना गरिने उल्लेख गर्नुभयो । साथै, प्रतियोगिताले पञ्चपुरी नगरपालिकाको खेलकुद पूर्वाधार, पर्यटन तथा स्थानीय पहिचान प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा जिल्लाभरका विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने उक्त प्रतियोगिताले प्रतिभावान खेलाडी पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search