बाबियाचौरमा आयोजित BB9 Second च्यालेन्ज कप फुटसल प्रतियोगिता सम्पन्न

75 पटक हेरिएको

११ बैशाख सुर्खेत

सुर्खेत जिल्लाको बाबियाचौरमा स्थानीय बाबियाचौर फुटबल क्लबको आयोजनामा सञ्चालन भएको BB9 Second च्यालेन्ज कप फुटसल प्रतियोगिता आज सम्पन्न भएको छ । बैशाख ९ गते देखि जारी प्रतियोगितामा विभिन्न १० टिमहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक खेलको अनुभूति गराएका थिए । अन्तत मिलनसार युवा क्लवले उपविजेता युनियन क्लब सालकोटलाई ०–५ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
विजेता टिमलाई नगद २५ हजार र उप बिजेता टिमलाइ नगद ८ हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
आयोजक क्लबका अध्यक्ष तपेश थापाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ भव्य रूपमा यस्ता कार्यक्रम आयोजना गरिने प्रतिबद्धता जनाएका छन । स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्न यस प्रकारका प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search