आईपीएलमा बेङ्ग्लाेर ६ विकेटले पराजित,

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा गुजरात टाइटन्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई हराएको छ ।

मम्बईमा भएको खेलमा टाइटन्सले ६ विकेटले हरायो । बेङ्ग्लाेरले दिएको एक सय ७१ रनको लक्ष्य गुजरातले चार विकेट गुमाएर तीन बल बाँकी छँदै भेट्टायो । उसका लागि राहुल तेवातियाले नटआउट ४३ र डेभिड मिलरले नटआउट ३९ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरका लागि विराट कोहलीले ५८ र रजत पातिदरले ५२ रन बनाए । जितसँगै गुजरात नौ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

खोजि गर्नुहोस ...