तेस्रो स्वबियु कप २०८२ आज देखि सुरु

१३ माघ, सुर्खेत

स्वतन्त्र विद्यार्थी युनियन विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९ बिद्यापुर सुर्खेतको आयोजना तथा विद्यापुर जनता बहुमुखी क्याम्पसको समन्वयमा आजदेखि पञ्चपुरीको विद्यापुरमा तेस्रो स्वबियु कप २०८२ सुरु भएको छ । आजदेखि सुरु भएको खेलकुद माघ १५ गतेसम्म सञ्चालन हुने भएको छ। पश्चिम क्षेत्रका माध्यमिक विद्यालय स्तरमा छात्रहरूको फुट्सल प्रतियोगिता र छात्राहरूको कबड्डी प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले पञ्चपुरी नगरपालिकाको खेलकुद विकासका लागि आफूले विभिन्न क्षेत्रबाट सहयोग गर्दै आएको बताउनुभएको छ । साथै उहाँले क्याम्पसले आयोजना गरेको खेलकुद कार्यक्रमले माध्यमिक विद्यालय स्तरमा समन्वय बढ्ने समेत बताउनुभएको छ । साथै भण्डारीले आगामी दिनमा क्याम्पसको शैक्षिक विकासका लागि आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रममा फुट्सल प्रतियोगितामा प्रथम हुनेलाई रु. २५ हजार नगद ट्रफी प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद १५ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार व्यवस्थापन गरिएको छ । त्यसैगरी कबड्डीतर्फ प्रथम हुने टिमले नगद १५ हजार र दोस्रो हुने टिमलाई नगद रु. ८ हजार प्रमाणपत्र र ट्रफी प्रदान गरिने स्वबियु अध्यक्ष चेतन नेपालीले जानकारी दिनुभएको छ । आज भएको उद्घाटन खेलमा जनता माध्यमिक विद्यालय विद्यापुरले सिद्धेश्वरी माध्यमिक विद्यालय दह सान्नेलाई ० का विरुद्ध ९ गोल गर्दै जित हासिल गरेको छ। बाँकी खेलहरु भोलि बिहान ८ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search