१३ औ राष्ट्रपति कप रनिङ शिल्डको लागि छनौट खेलहरु आज देखि पञ्चपुरीमा सुरु भएका छन । पञ्चपुरी ११ को जनसृजना माद्यामिक बिद्यालय तातापानी को खेलमैदानमा भएको खेलमा १० ओटा माध्यामिक बिद्यालयको सहभागीता रहेको छ ।
आज भएको खेलमध्य सटफुट तर्फ सुर्य प्रकाश माद्यामिक बिद्यालय पलैटे का छात्र नवीन नेपाली प्रथम जनज्योति माद्यामिक बिद्यालय जामुका जनक बिक दोस्रो भएका छन भने छात्रा तर्फ जनसृजना माद्यामिक बिद्यालय तातापानी तारा बिक, सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटेका पुष्पा रावत प्रथम र बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका रोसनी बयक दोस्रो भएका छन ।
त्रिपलजम्प तर्फ बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका छात्र अमर सार्की प्रथम र लक्ष्मण नेपाली दोस्रो भएका छन भने छात्रा तर्फ बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका दिपा शाही प्रथम र सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटेका राजकुमारी भट्टराइ दोस्रो भएका छन ।
लंगजम्प तर्फ सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटेका छात्र कमल रावल प्रथम र जनता माद्यामिक बिद्यालय बिद्यापुरका बिशाल बिक दोस्रो भएका छन भने छात्रा तर्फ सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटेका राजकुमारी भट्टराइ प्रथम र बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका चन्द्रा रावत दोस्रो भएका छन ।
८०० मिटर दौड तर्फ बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका छात्र उपेन्द्र बिसी प्रथम र जनता माद्यामिक बिद्यालय बिद्यापुरका गणेश गुरुङ्ग दोस्रो भएका छन भने छात्रा तर्फ बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका सपना अधिकारी प्रथम र रीता बि क दोस्रो भएका छन ।
१५०० मिटर दौड तर्फ बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका छात्र खगेन्द्र सोडारी प्रथम र लोकेन्द्र बिष्ट दोस्रो भएका छन भने छात्रा तर्फ बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका रीता बि क प्रथम र जनता माद्यामिक बिद्यालय बिद्यापुरका यसोदा रोकाय दोस्रो भएका छन ।
पञ्चपुरी नगरपालिका भित्रका १२ ओटा माध्यामिक बिध्यालय मध्य सरस्वती बिद्द्या निकेतन बोडिङ्ग स्कुल र बाबियाचौर माध्यामिक इङलिस बोर्डिङ स्कुल भने खेलमा सहभागी भयका छैनन् । जनसृजना माद्यामिक बिद्यालयका सहायक प्रधानाध्यापक हस्तराज हमाल लाई मातृशोक परेको र महोन्याल गाउपालिका अध्यक्ष को अन्त्यष्टी पनि आज नै भएको हुदा शोकाकुल अवस्थामा औपचारीक रुपमा खेल उद्घाटन गरिएको छैन ।