दोस्रो पञ्चपुरी मेयकप खेलकुद कार्यक्रम आज देखि सुरु,

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ दोस्रो पञ्चपुरी मेयकप खेलकुद कार्यक्रम आज देखि बाबियाचौरमा सुरु भएको छ । पञ्चपुरी खेलकुद बिकास समितिको अायाेजना मा भएको भलिवल तथा फुटबल खेलमा पञ्चपुरी नगरपालिका भित्रका ११ ओटा वडाहरुको सहभागीता रहेकाे छ ।

कार्यक्रमको उद्धघाटनमा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले खेलाडीहरुको क्षमता बिकासका लागि प्रत्येक बर्ष खेल आयोजना गर्ने योजना भएपनि कोरोना महामारीका कारण अघिल्लो बर्ष गर्न नसकिएको बताउनुभएको छ । खेलाडीहरुको प्रमुख गहना अनुशासन भएको र अनुशासनमा रहेर खेल खेलेमा प्रगति हुने समेत बताउनुभएको छ ।

आज भएको उद्धघाटन खेलको फुटवल तर्फ वडा २ ले वडा नं ६ लाइ १ बिरुद्ध २ गोल गर्दै जित हासिल गरेको छ । त्यस्तै दोस्रो खेलमा वडा नं ३ ले वडा नं ८ लाइ १ का बिरुद्ध ४ गोल गर्दै वडा नं ३ ले जितको सुरुवात गरेको छ ।

कार्यक्रममा नगर उप प्रमुख मुक्ति रेग्मी , प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डेय, वडा अध्यक्ष ,राजनीति दल शिक्षक लगाएतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...