आदर्श युवा क्लव पञ्चपुरी ५ सुर्खेतको आयोजनामा प्रथम पञ्चपुरी (खुला) फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
बाबियाचौरमा रहेको बिपी रंगशालाको मैदानमा आगामी चैत्र २ गते देखि ५ गते सम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ । १ लाख ५ हजार प्रथम पुरस्कार रहेको प्रतियोगिताको दोस्रो हुनेले ५५ हजार प्राप्त गर्ने क्लवका अध्यक्ष साबित्री खड्काले जानकारी दिनुभएको छ ।
फागुन २५ गते सम्म टिम दर्ता गरि सक्नुपर्ने र २६ गते ट्राइ सिट सार्बजनिक गरिने आयोजकको कार्यतालिका रहेको छ ।
साथै फुटबल खेलका लागि टिम दर्ता सुरु गरिएको र टिम दर्ताको शुल्क १०,००० (दश हजार ) तोकिएको खड्काले बताउनुभएको छ ।