बाबियाचाैरकाे बिपि रङ्गशालाकाे स्तराेन्नति हुदै,

सुर्खेतकाे पञ्चपुरीमा रहेकाे बिपि रङ्गशालाकाे स्तराेन्नती गरिएको छ । पञ्चपुरी नगरपालिका यसै आर्थिक बर्षकाे बजेटबाट रङ्गशालाकाे स्तरबृद्धि गरिएको हाे ।

सुर्खेत पश्चिममा रहेकाे एकमात्र रङ्गशालाकाे अहिलाे ग्रेडिङ गरेर मिलाउने गरिएको उपभोक्ता समितिका अध्यक्ष मदन रिमालले जानकारी दिएका छन । यस अघि खेल मैदानमा खेलाडीहरुलाई खेलकुद सञ्चालन गर्न समस्या भएकाे थियोे ।

नगरप्रमुख उपेन्द्रहादुर थापाले रङ्गशालाकाे डिपिआर गरिसकिएको र साे अनुसार काम गर्न नगरपालिका संग प्रयाप्त बजेट नभएको हुदा प्रदेश तथा केन्द्र सरकार संग माग गरिने बताउनुभएकाे छ । स्तराेन्नति भए संगै अब नियमित खेल संचालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

खेलमैदानकाे चारैतिर नाला तयार बनाईएकाे छ भने मैदान पहिले भन्दा फराकिलो भएको छ । रङ्गशालामा निकट समयमै मेयर कप खेलकुद सञ्चालन गरिने स्राेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...