सुर्खेतको चौकुने गाउपालिका ९ घाटगाउमा रहेको बिरगौडा आधारभुत बिद्यालयको ८ कोठे भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्टको प्रमुख आतिथ्यतामा हिजो भवनको उद्धघाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री बिष्टले शैक्षिक क्षेत्रको बिकासका लागि आफु निरन्तर लागिरहेको र आगामी दिनमा पनि आबश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । बिद्यालयले मन्त्री बिष्टलाइ ११ बुदे मागपत्र समेत बुझाइएको छ ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य नर बहादुर बिस्ट र जनप्रतिनिधि, विभिन्न सामुदायिक संघ सस्थाका प्रतिनिधि, समाजसेवी र अभिभावक हरुको उपस्थिति रहेको थियो ।
बिद्यालयले स्थापना काल देखि हालसम्म सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान पत्र र बिशेष सहयोग गर्ने ब्यक्ति र संस्थालाई कदर पत्र सहित सम्मान गरेको छ । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गंगाराम बि क को अध्यक्षतामा सम्पन्न भएको हो ।
