बालक्लवकाे पहलमा बाढीपहिरो पीडितका लागि ३४ हजारभन्दा बढी सहयोग


१७ भदाै सुर्खेत ।

सगरमाथा माध्यमिक विद्यालय, वाकु, सोलुखुम्बुको बालक्लबको पहलमा बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूबाट संकलन गरिएको रु. ३४ हजार २० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई केही राहत पुग्ने उद्देश्यले विद्यालयको बालक्लबले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। उक्त अभियानमा विद्यार्थीहरूले समेत सक्रिय रूपमा सहभागिता जनाउँदै सामाजिक जिम्मेवारी र मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
सानो–सानो सहयोग एकत्रित हुँदा ठूलो राहत बन्न सक्ने सन्देशसहित बालबालिकाहरूले देखाएको सहयोगी भावना र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको विद्यालयले जनाएको छ।
संकलित रकम सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूप्रति विद्यालय तथा बालक्लबले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search