सुर्खेतको जनता बहुमुखी क्याम्पस बिद्यापुरकाे १४ अाैं बार्षिकउत्सब कार्यक्रममा नेपाल बिद्यार्थि संघले बिराेध जनाएकाे छ । बिद्यार्थीहरुले बिद्यार्थी माथि भएको दमन र कुटपिटकाे बिराेध गर्दै कालाे झण्डा देखाएका छन । उपकुलपति काे राजीनामा माग गर्दै कार्यक्रमा बिराेध गरेका हुन । कार्यक्रममा मध्यपश्चिमाञ्चल बिश्वबिद्यालयका उपकुलपति प्रा डा. नन्द सिंह र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतकाे सहभागीता रहेकाे छ । कार्यक्रममा उपकुलपति सिंहले अाफु यस्ता खालका अान्दाेलनले बिचलित नहुने र नपढाएर जागिर खान खाेज्नेलाई तह लगाएरै छाेड्ने बताएका छन ।

कार्यक्रम मा राज्य मन्त्री रावतले स्थानीय सरकारले कुनैपनि काम नगरेकाे अाराेप लगाए । स्थानीय सरकारले देखिने खालकाे काम केही पनि नगरेकाे बताए । धेरै समय स्थानीय सरकारकाे बिराेध मै समय खर्च गरेका रावतले क्याम्पस बनाउन अाफुले ठुलाे याेगदान गरेको समेत दाबी गरे । नेविसंघ ले बिराेध जनाए पछि अाफ्नाे समय नभएको भन्दै बक्ताहरुकाे पालाे उछिनेर अगाडि नै अाफ्ना भनाइ हरु राखेका थिए ।

मर्यादाक्रम अनुसार उपकुलपति ले अगाडि नै बाेल्नुपर्ने कार्यक्रम रहेपनि रावतले भने अाफ्नाे भनाइ सकेपछि उपकुलपति काे मन्तब्यलाई समेत सुन्न भ्याए । कार्यक्रममा बाेल्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका केन्द्रीय सदस्य कबिराम पुरीले अाफुलाई क्याम्पस बनाउनकाे लागि सहयोग गर्ने मन भएको तर बिगतमा गरिएको रकम संकलनकाे ब्यबहारले गर्दा शंका सृजना भएको बताएका छन । क्याम्पस प्रमुख डिल्लीराम भण्डारीले अक्षयकाेष स्थापना गरेर क्याम्पसमा बिकासमा लाग्ने समेत बताएका छन ।

तर क्याम्पस काे बार्षिकउत्सब तथा बिद्यापुर शैक्षिक क्षेत्रमा अगाडि रहेको ठाउमा कार्यक्रममा सहभागीता कम हुनु र विभिन्न ब्यक्ति हरुले असहयाेग गर्नुले क्याम्पस बनाउन धेरैलाई समेटेर लैजानुपर्ने अबस्था देखिएकाे छ ।
