सुर्खेत पञ्चपुरी वडा नं ६ मा रहेकाे गाैरीशंकर अाधारभुत बिद्यालयकाे २५ अाै बार्षिकउत्सब तथा पुरूस्कार बितरण कार्यक्रम (अाज) शनिबार सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि पञ्चपुरी नगर कार्यपालिका सदस्य तथा वडा नं ६ का वडा सदस्य रूक्मि देबकाेटा लगाएत अन्य अतिथी, बिद्यार्थी , विभिन्न संघ संस्थाका प्रतिनिधि, अभिभावककाे सहभागीता रहेकाे थियाे । शिक्षक अभिभावक संघका अध्यक्ष उदयराम बि क ले स्वगत मन्तब्य राख्नु भएकाे थियाे ।
बिद्यालय काे २९ लाख ६ हजार ३ सय २५ रूपैयाँ ८० पैसा बराबरकाे २०७६/७७ काे अार्थिक अाय ब्याय प्रधानाध्यापक कलावती भण्डारीले प्रस्तुत गर्नु भएकाे थियोे । कार्यक्रममा प्रमुख अतिथि देबकाेटाले बिद्यालयकाे सफलताकाे शुभकामना दिदै अाफुले सक्दाे सहयाेग गर्ने र नगरपालिकाले बिद्यालयलाई सहयोग गर्दै अाएकाे र अागामी दिनहरूमा सहयाेग गर्न समेत बताउनुभएकाे छ । पञ्चपुरी नगरपालिका वडा नं ६ काे समन्वय एकता फाउन्डेसन काे अार्थिक सहयाेग गरेकाे थियाे । कार्यक्रम बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर सार्कीकाे सभापतित्व सम्पन्न भएकाे हाे ।