खेलकुदमा अब्बल बन्दै बाबियाचाैर स्पाेर्टस क्बव(BSC),

मानव जीवनमा खेलकुद महत्त्वपूर्ण अंगकाे रुपमा लिने गरिन्छ । पछिल्लो चरणमा युवाहरु खेल जगतमा अगाडि बढेकाे पाईन्छ । विभिन्न क्लव तथा संस्था गठन गरेर हाेस या विभिन्न समूह वनाएर हाेस खेलकुद भैरहेकाे छ । सुर्खेतकाे पश्चिम क्षेत्रमा खेलकुद खेल्ने र खेलाडी उत्पादन गर्ने क्लवका रुपमा बाबियाचाैर स्पाेट्स क्लव अग्र स्थानमा अाउने गरेकाे छ । विभिन्न उपाधि हासिल गर्ने कुरामा हाेस या ठुला ठुला खेलकाे अायाेजना गर्ने कुरामा बिएससी ले स्थान जमाएकाे छ । २०७१ साल पाैष १३ गते बिधिवत रुपमा जिल्ला प्रशासन कार्यलय सुर्खेतमा संस्था दर्ता भएसंगै खेलकुद कार्यक्रम सुरु गरिएको हाे ।

संस्थाले फुटबल मात्रै नभई भलिबल, ब्याटमिन्टन, मार्सल, कराते लगाएतका खेल हरु संचालन गरेकाे छ । सामाजिक क्षेत्रमा पनि बाबियाचाैर स्पाेट्स क्लबले काम गर्दै अाएकाे छ । सरसफाइ अभियान, छात्रवृत्ति बितरण कार्यक्रम, विभिन्न साष्कृतिक र पर्यटकीय क्षेत्रकाे बिकास गर्न महाेत्सव समेत संचालन गरेकाे छ । खेलकुद बिकास काे मुख्य उद्देश्य राखी अगाडि बढेकाे क्लव ले दर्जनौं प्रतियोगितामा जित हासिल गरेकाे छ । क्लव जिल्ला खेलकुद बिकास समिति र फुटबल संघमा अाबद्द भएको छ ।

पछिल्लो चरणमा क्लबले खेलाडी उत्पादनका लागि प्रशिक्षणलाई तिब्रता दिएकाे छ । ५ अाेटा फुटबल टिम रहेकाे क्लवले हरेक दिन साझ २ घण्टा खेलाडी हरुलाइ फुटबल प्रशिक्षण दिने गरेकाे छ । पश्चिम सुर्खेत काे धेरै पुरस्कार राशि १ लाख रहेकाे फुटबल प्रतियोगिता संचालन समेत गरिसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी हरु पनि सहभागी भएका टिम हरु संग खेल खेलेकाे क्लबले खेलकाे अभ्यास र अनुभव राम्रोसँग बटुलेकाे क्लवका सचिब कृष्ण रावल बताउछन् । स्थापक अध्यक्ष थिमन शाहि रहेकाे क्लबमा नगेन्द्र देबकाेटा र पछिलाे चरणमा क्षितिज थापाले नेतृत्व सम्हालेका छन । युवाहरुकाे एकता र अघिल्लो पुस्ताकाे साथ र सहयोगले क्लबले धेरे सफलता प्राप्त गरेकाे छ ।

विभिन्न अायाेजना गर्दा र अाबश्यक सहयोग चाहिएमा अघिल्लो पुस्ताका अभिभावक हरुले सहयोग गर्दै अाएका छन । खेलकुद प्रतियोगिता संचालन गर्न र खेलाडी काे खेलप्रतिकाे माेह जाेगाई राख्न अाफैमा चुनाैति रहेकाे रहेकाे बताउदै क्लबका अध्यक्ष क्षितिज थापाले राज्य र स्थानीय सरकारले खेलाडी का लागि अाबश्यक नीति नबनाएकाे दुखेसाे गरे । क्लवबाट उत्पादन भएका खेलाडी हरुले राष्ट्रिय स्तरमा खेल प्रदर्शन गरेर पञ्चपुरीकाे नाम चिनाउन सफल भएको र यसमा नगरपालिका ले गर्व गर्दै सहयाेगका कार्यक्रम ल्याउन थापाले अाग्रह गरे ।

थापाले पञ्चपुरीमा राम्रो खालकाे खेल मैलमैदान नभएको हुदा अबकाे प्राथमिकता खेलमैदान निर्माणमा ध्यान दिनुपर्ने र अाबश्यक परेमा क्लवले भाैतिक सहयोग गर्ने बताए । पछिल्लो चरणमा काेहि ब्यक्ति विशेष र सानाे कारणले क्लव बिभाजन हुने, खेलाडी फरक फरक क्लवमा अाबद्ध हुने परिपाटी बढेकाे हुदा यसले प्रत्यक्ष रुपमा पञ्चपुरीकाे घाटाकाे बिषय रहेकाे उनले बताए । प्रतियोगिता संचालन भएमा बाहिरी टिमले जित हासिल गर्नु पनि एक अापसमा बिभाजीत हुने कारणले नै भएकाे थापाको भनाइ छ ।

क्लबले अागामि दिनमा सबैलाई समेटेर समग्र पञ्चपुरीकाे साझा र बलियाे क्लवकाे रुपमा स्थापित गर्ने, क्रिकेटको बिकास गर्ने समेत याेजना बनाएकाे छ । देउराली सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएर बाबियाचाैरका युवाहरुले जनश्रमदान गरि निर्माण गरेकाे पञ्चपुरी ६ काे बाबियाचाैर रंगशालाकाे थप बिकास गरि सुबिधा सम्पन्न रंगशाला बनाउन अाबश्यक देखिएकाे छ ।

यता पञ्चपुरी नगरपालिकाले यसै बर्ष खेलकुद संचालन निर्देशिका जारी गर्ने र खेलकुद समिति गठन गरि अगाडि बढ्ने याेजना बनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...