अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय फटबल लिग प्रतियोगितामा बाबियाचौर स्पोर्ट्स क्लव विजयी भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा बुधबारको खेलमा वीरेन्द्रनगर क्लवलाई ३–२ गोलले पराजित गर्दै बाबियाचौर स्पोर्ट्स क्लव विजयी भएको हो ।
मंगलगढी मैदानमा भएको खेलको दोस्रो हाफको ४३ मिनेटमा धनसिहं वि क ले १ गोल, धनसिंह गुरुङ्ले दोस्रो हाफको ४४ मिनेटमा १ गोल र महेन्द्र वि क ले गरेको १ गोल निर्णायक बनेको थियो । प्रतियोगितामा वीरेन्द्रनगर स्पोर्टस क्लवका शिव थापाले पहिलो हाफमा १ गोल गरेका थिए ।
जिल्ला स्तरीय फुटबल लिगमा १८ क्लव दर्ता भएकोमा बुधबार सम्म १० क्लवले फुटबल खेलिसकेका छन, भने ८ क्लवले भने खेल खेल्न बाकी छ ।