पञ्चपुरीमा लागूऔषध तथा मदिरा नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

0 पटक हेरिएको

१९ असार, सुर्खेत
लागूऔषधजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण र नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम पञ्चपुरी नगरपालिका, सुर्खेतमा सम्पन्न भएको छ । कार्यक्रम स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा तथा पञ्चपुरी नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरूले लागूऔषधको बढ्दो दुरुपयोग, मदिरा सेवनका कारण देखिएका सामाजिक समस्या, युवापुस्तामा परेको असर तथा यसको नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय, विद्यालय, अभिभावक र समुदायको साझा भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले लागूऔषध र मदिरा दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि कानुनी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो । उहाँले समुदाय, स्थानीय सरकार, प्रहरी, विद्यालय र अभिभावकबीच प्रभावकारी समन्वय भएमा लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।

पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबीर भण्डारीले स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणका लागि लागूऔषध तथा मदिरा दुव्र्यसन नियन्त्रणलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न, विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा सबै सरोकारवालाको सहकार्यबाट मात्र यस समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लागूऔषध तथा मदिरा नियन्त्रणका लागि स्थानीय तहमा प्रभावकारी नीति, जनचेतना र सामुदायिक सहभागिता बढाउने विषयमा व्यापक छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search