तातापानीमा कोपिला महिला समूहद्वारा सरसफाइ

पञ्चपुरी–११, सुर्खेत ।

आवाज संस्थाद्वारा सञ्चालित कोपिला महिला समूह पञ्चपुरी–११ को आयोजनामा तातापानीस्थित पुरानो स्वास्थ्य तथा वडा कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

सार्वजनिक स्थललाई सफा, स्वच्छ तथा व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको सरसफाइ कार्यक्रममा वडा सदस्य, कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३२ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले कार्यालय परिसर तथा आसपास क्षेत्रमा रहेका फोहोरमैला संकलन गरी उचित व्यवस्थापन गरेका थिए। सरसफाइसँगै सार्वजनिक स्थलको संरक्षण र वातावरणीय स्वच्छताका विषयमा समेत सहभागीहरूबीच छलफल गरिएको थियो।

कोपिला महिला समूहले समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्ने तथा सार्वजनिक स्थललाई स्वच्छ राख्न स्थानीयको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

स्थानीयस्तरमा हुने यस्ता सरसफाइ अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको आवाज संस्थाका सामाजिक परिचालक कोकिला कठायतले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search