सुर्खेत, असार १५
“जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ समानता साना किसान कृषि सहकारी संस्था लिमिटेड, पञ्चपुरी–५, सुर्खेतको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।
कार्यक्रम पञ्चपुरी नगरपालिका–५ स्थित शिरताल नजिकैको टाटी मा सम्पन्न भएको आयाेजकले जनाएको छ ।
धान दिवसको अवसरमा आधुनिक कृषि प्रविधिको प्रयोग, जलवायु अनुकूल खेती प्रणाली, धान उत्पादन वृद्धि तथा किसानलाई आत्मनिर्भर बनाउने विषयमा सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहकाे थियो ।
कार्यक्रम मार्फत धान खेतीमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि र कृषि क्षेत्रको समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।














