कर्णालीको सभापतिमा ललितजंग शाही विजय,

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा कुल खसेको ७ सय ५४ मत मध्ये ४ सय २२ मत प्राप्त गरि ललितजंग शाही विजय भएका छन् । शाही संस्थापन (सभापति शेरबहादुर देउवा) समुहका हुन् ।

उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन् । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ ।

भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...