पौडेल समूहबाट भूपेन्द्रजंग शाही कर्णाली प्रदेश सभापतिका उम्मेदवार,

नेपाली कांग्रेसको संस्थापनइतर पौडेल पक्षले भूपेन्द्रजंग शाहीलाई कर्णाली प्रदेशको सभापतिको उम्मेदवार बनाउने भएको छ।

पौडेल समूहबाट शाही र दिपकजंग शाहको नाम चर्चामा रहेको थियो । तर अन्तत पौडेल पक्षले शाहीलाई प्रदेश सभापतिको उम्मेद्वार बनाएको छ । शाही तरुण दलको महामन्त्री र नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेका छन् ।

यता, संस्थापन पक्षबाट भने तीन जनाको नाम चर्चामा रहेपनि उम्मेद्वारीको टुंगो लगाउन सकेको छैन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ ।

संस्थापन पक्षका एक नेताकाअनुसार आज साँझसम्म उम्मेद्वारीको टुंगो लाग्ने बताए । १० जिल्ला रहेको कर्णालीमा संस्थापन पक्षले डोल्पा, हुम्ला, जुम्ला, मुगु, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिम गरी आठ जिल्ला सभापति जितेको छ । कर्णाली झण्डै सात सय मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...