१७ भदौ, सुर्खेत ।

गत भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण तथा विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै चाैकुने र पञ्चपुरी नगरपालिका दुःख व्यक्त गरेको छन ।
प्राकृतिक विपत्तिका कारण भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै हजारौँ नागरिक विस्थापित भई मुलुकमा ठूलो राष्ट्रिय विपद्को अवस्था सिर्जना भएको पालिकाले जनाएको छ। पालिकाले यस दुःखद घडीमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
यसैबीच, पञ्चपुरी नगरपालिकाले ५ लाख र चाैकुने गाउपालिकाले विपद्पीडितको सहयोगका लागि रु. १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। पालिकाले मिति २०८३ भदौ १७ गते बसेको कार्यपालिकाको बैठकको निर्णयअनुसार विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारीको तलब–भत्ताबाट रकम कटौती गरी नेपाल सरकारको निर्णयबमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने जनाएको छ।
गाउपालिकाले बाढीबाट प्रभावित व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभ तथा राहतको कामना गर्दै नगरवासी, मित्रजन, आफन्त, कर्मचारी, बुद्धिजीवी, व्यापारी तथा संघसंस्थालाई समेत विपद्को समयमा सहयोगका लागि हार्दिक अपिल गरेको छ।













