शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा पु¥याएको छ । क्षतिको अबस्था बारे पञ्चपुरी नगरपालिका नगरप्रमुख लालबिर भण्डारीले स्थलगत अवलोकन गर्नुभएको छ ।
पञ्चपुरी नगरपालिका वडा नं ५, १० र ११ का बिभिन्न ठाउमा आएको खोलाको बाढिले करोडौको क्षति भएको छ । पञ्चपुरी १० का ४१ र वडा नं ११ का ७ घरधुरीमा पुर्णरुपमा क्षति पुगेको छ भने धेरैजसो किसानले लगाएको अन्नबालि तथा खेत बगरमा परिणत भएको छ ।
अनुगमन गर्दै नगरप्रमुख भण्डारीले पञ्चपुरी १० का ५० घरधुरीलाइ तल्कालका लागि खाद्यान्न सहयोग गर्नुएको छ । त्यस्तै वडा नं १० को गल्फामा खानेपानीको पाइप बगाएको र स्थानिय नागरिकले खोलाको पानी पिउनुपर्ने अवस्था भएकोले तत्काल खानेपानीको लागि पाइपको ब्यवस्थापन गर्नुभएको छ ।
पहिरोको कारण अबरुद्ध भएको तातापानी बाबियाचौर सडक खण्डमा जेसिबि र स्काभेटर प्रयोग गरि पहिरो पन्छाउने काम समेत भैरहेको छ ।
हिजो नै नगर प्रमुख भण्डारीको अध्यक्षतामा बसेको नगर बिपद ब्यवस्थापन समितिको बैठकले बास्तबिक पिडितको तथ्यांक संकलन गरि राहत, उद्धार र ब्यवस्थापनका लागि पहल गर्ने निर्णय भएको छ ।
त्यस्तै राहत सहयोग गर्ने सहयोगी तथा संघ संस्थाहरुले नगर बिपद ब्यवस्थापन कोष मार्फत एकद्धार प्रणाली मार्फत गर्नुपर्ने समेत निर्णय गरिएको छ ।