एसइईमा पञ्चपुरीका सामुदायिक विद्यालयमध्ये जनज्योति मावि जामु उत्कृष्ट

48 पटक हेरिएको

२९ बैशाख, सुर्खेत
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पञ्चपुरी नगरपालिकाका सामुदायिक विद्यालयहरूमध्ये जनज्योति माध्यमिक विद्यालय पञ्चपुरी १० जामुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्दै राम्रो नतिजा हासिल गरेपछि अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरू खुसी भएका छन् । सामुदायिक विद्यालयबाट जनज्योतिले ७५% अङ्क प्राप्त गरि प्रथम भएको छ । त्यसैगरी विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौर ५८% ल्याई दोस्रो भएको छ भने सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटे ५१% अङ्क ल्याएर तेस्रो स्थान प्राप्त गरेको छ। जनता माध्यमिक विद्यालय विद्यापुर ४६% जनसिर्जना मावि तातापानी ४३% सिद्धेश्वरी मावि ४०% जनजागृत मावि दुलालथाई ३३% विद्याज्योति मावि सुन्दरपुर २०% मालिका मावि पैसरा १८ प्रतिशत र नेरा मावि बुढाखाली १८% अङ्क प्राप्त गरेका छन्। संस्थागत विद्यालयतर्फ भने बाबियाचौर इङ्ग्लिस बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा प्राप्त गरेको छ ।
जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णराज ढकालका अनुसार शिक्षकहरूको मेहनत, विद्यार्थीहरूको नियमित अध्ययन तथा अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको हो। विद्यालयले विगत केही वर्षदेखि अनुशासन, अतिरिक्त कक्षा तथा नियमित मूल्यांकनलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
स्थानीय शिक्षा सरोकारवालाहरूले सामुदायिक विद्यालयबाट यस्तो नतिजा आउनु सकारात्मक सन्देश भएको बताएका छन्। निजी विद्यालयतर्फ आकर्षण बढिरहेका बेला जनज्योति माविले उदाहरणीय सफलता हासिल गर्नु गौरवको विषय भएको उनीहरूको भनाइ छ।
विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन थप योजना अघि बढाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search