पञ्चपुरीमा न्याउले खेल खेलेर घाँसे गाईजात्रा पर्व मनाइयो,

असाेज १, सुर्खेत
हरेक वर्ष असोज १ गते विभिन्न कार्यक्रम गरी मनाउँदै आएको घाँसे गाईजात्रा पर्व आज पञ्चपुरीको वडा नम्बर ६ मा मनाइएको छ। पुरानो संस्कृति संरक्षण गर्नको लागि मनाउँदै आएको घाँसे गाईजात्रा पर्व यस वर्ष न्याउले खेल खेलेर मनाइएको छ ।

पञ्चपुरी नगरपालिका वडा नम्बर ६ को सहयोगमा भएको कार्यक्रममा कर्णाली सांस्कृतिक समाज पञ्चपुरी ८ को महिला समूह र पञ्चपुरी ६ को पूरुष समूहबीच न्याउले खेल खेलिएको हो। कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य मनबहादुर बरै समूह प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिष्ट लगायत स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...