कांग्रेस महाधिवेशन : ३८ जिल्लामा खटिए निर्वाचन अधिकृत

नेपाली कांग्रेसले आशन्न १४ औं महाधिवेशनका लागि वडादेखि जिल्लासम्म अधिवेशन गर्नका लागि ३८ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको छ। 

वडा अधिवेशन सुरु हुन एक सातामात्र बाँकी रहेका बेला  कांग्रेसले ३८ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको हो।  

गत साउन ३० गते सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो। 

निर्वाचन समितिले वडादेखि जिल्लासम्मका विभिन्न तहको अधिवेशन गराउन केन्द्रीय निर्वाचन अधिकृतहरु खटाएको जनाएको छ। 

समितिले ताप्लेजुङमा तिलक पाण्डे, पाँचथरमा मदन खड्का, संखुवासभामा भरतराज उपाध्याय, तेह्रथुममा लक्ष्मणलाल रञ्जित, खोटाङमा विकास भट्टराई र सोलुखुम्बुमा कैलाश गुरुङलाई निर्वाचन अधिकृत खटाएको समितिका सचिव जगन्नाथ श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। 

त्यसैगरी ओखलढुंगामा किर्तीनाथ शर्मा, उदयपुरमा खुशीराम गौतम, झापामा सुवोधबाबु सिलवास, दोलखामा चक्रबहादुर थापा, रामेछापमा विष्णु लुईंटेल र सिन्धुलीमा लेखकबहादुर खड्काले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन्। 

यस्तै भक्तपुरमा मुकुन्द शर्मा पौडेल, लमजुङमा थानेश्वर दवाडी, तनहुँमा फणेन्द्र कोइराला, मनाङमा वशन्त रिमाल, पर्वतमा विश्वास आचार्य, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गोविन्द सिग्देल र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा बाबुराम पाण्डेयलाई खटाइएको छ।
 
निर्वाचन समितिका सचिव श्रेष्ठले रुपन्देहीका लागि भूमिश्वर गौतम, रुकुम पूर्वका लागि सूर्यबहादुर वली, रुकुम पश्चिमका लागि मुक्ति उपाध्याय, मुगुका लागि नरेन्द्रबहादुर सिंह, जाजरकोटका लागि सूर्यबहादुर शाह र दैलेखका लागि विवस बस्नेतलाई जिम्मेवारी दिइएको बताए। 

त्यस्तै बझाङमा चेतराज भट्टअछाममा देवराज भट्ट, दार्चुलामा देवराज अवस्थी, बैतडीमा पुष्पराज जोशी, डडेल्धुरामा लोकेन्द्रबहादुर बम, कञ्चनपुरमा भरतबहादुर सिंह र कैलालीमा टेकप्रसाद सुवेदीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइए छ।

कांगेसले ३८ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको बताइए पनि निर्वाचन समितिले उपलब्ध गराएको नामावलीमा ३६ जिल्लामा खटाइएका निर्वाचन अधिकृतहरुको मात्रै नाम उल्लेख छ।  

कांग्रेसले निर्वाचन समितिलाई बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली बुझाएको थियो। क्रियाशील सदस्य नामावली पाए लगतै निर्वाचन समितिले बिहीबार रातिनै निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिएको छ।

यसअघि गत बुधबार भने निर्वाचन समितिले ३८ जिल्लाको मात्रै क्रियाशील सदस्यताको नामावली बुझ्न अस्वीकार गरेको थियो। संस्थापनइतर समूह क्रियाशील सदस्यताकै विषयलाई लिएर आन्दोलनमा रहेका कारण समिति अधुरो नामावली बुझ्न हिच्किचाएको थियो।

संस्थापनइतर समूहका जिल्ला सभापतिहरु क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राखेर अनशनमा बसिरहेका कारण गत बुधबार समिति अधुरो नामावली बुझ्न डराएको स्रोतको भनाइ थियो। nepalkhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...