पश्चिम सुर्खेतले अभिभावक गुमायाे, रहेनन् पूर्व मन्त्री विष्ट

पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । कोरोना संक्रमित भै उपचारका क्रममा विष्टको निधन भएको हो ।

कोरोना संक्रमण भएपछि गत जेठ १६ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा उपचार सुरुआत गरिएको थियो । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा उपचार भैरहेको थियो । उपचारका क्रममा आज विहान ५ बजे निधन भएको विष्टका भाइ बल विष्टले जानकारी दिए ।

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य हुदै राज्यमन्त्री भएका थिए । २०४६ साल पहिले प्रतिबन्धित नेपाली काँग्रेसका सदस्य रहेका विष्ट २०४९ सालमा जिल्ला विकास समिति सुर्खेतको उपसभापति बनेका थिए ।

विष्ट नेपाली काँग्रेस सुर्खेतका २० वर्षसम्म नेपाली काँग्रेस सुर्खेतकाे पार्टी सभापति बनेर नेतृत्व सम्हालेका थिए ।

उनि सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...