नेपाली कांग्रेसका प्रवक्ता शर्मा कोरोना सङ्क्रमण मुक्त,

नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । सामाजिक सञ्जालमार्फत शर्माले आफू र परिवारका सदस्य निको भएको जानकारी दिनुभएको छ ।

शर्माले भन्नुभएको छ, ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौँ हामी ! शारीरिक कमजोरी केही समय रहला तर अब सङ्क्रमणमुक्त बनेका छौँ । सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारी छौँ। कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपिल गर्दै,सङ्क्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौँ ।’

शर्मालाई गएको वैशाख २० गते कोरोना सङ्क्रमण पुष्टि हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...