सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएपछि परिणाम घोषणा हुन ढिलाइ भएको छ । काँग्रेसका उम्मेदवार बलबहादुर रोकाय र एमालेका उम्मेदवार चन्द्रबिर रावतले बराबर मत पाएका हुन् । कुल १ हजार ५ सय ७८ मत खसेको र अन्तिम मत परिणाम अनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् ।
गोलाप्रथाबाट नतिजा टुङ्गो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए । दुबै पक्षको सहमति भएपछि नतिजा सार्बजनिक गर्ने भट्टले बताएका छन ।