स्व. नेता तप्त बिष्टको सपना साकार पार्न तयार छु- भण्डारी,

नेपाली कांग्रेस पञ्चपुरीका मेयर पदका उम्मेदवार लालबिर भण्डारीले पञ्चपुरी ११ को चुनावी सभा लाइ सम्बोधन गर्दै स्व. तप्त बिष्टको सपना साकार पार्न आफु तयार रहेको बताउनु भएको छ ।

कुइने का नागरिक हरु सिचाइ सुबिधा नहुदा ज्याला मजदुरी गरेर दैनिक जीवन गुजारा गर्नुपर्ने बाध्यतालाइ हटाउन आफु निर्वाचित भएपछि लिफ्ट बाट सिचाइको ब्यवस्था गर्ने र कृषिमा आत्म निर्भर बनाउने बताउनुभएको छ । पर्यटकीय क्षेत्र भेरी कर्णाली दोभानको प्रचार प्रसार गरि कैलाली को मोहन्याल, चौकुनेको घाटगाउ र पञ्चपुरीको कुइने जोड्ने दोभानमा १ खम्बे झुलुङ्गे पुलको निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

आफु तत्कालिन तातापानी गाबिस अध्यक्ष हुदा संचालन भएको कुइने खानेपानी आयोजना लाइ अहिने पुनः सुचारु गर्ने र त्यसका लागि बैशाख ३० गते रुखमै भोट हाल्न आग्रह समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...