निषेधाज्ञाको पूर्ण पालना गर्न नेपाली काँग्रेस सुर्खेतको आग्रह,

नेपाली काँग्रेस सुर्खेतले कोरोनाको दोस्रो लहरले निकै जोखिम निम्त्याएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गर्न अपिल गरेको छ। कांग्रेसले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अवलम्बन गरेको कोरोना रोकथामसम्वन्धी मापदण्ड तथा नेपाल सरकारले अवलम्बन गरेको निषेधाज्ञाको नीति पूर्णरुपमा पालना गरी कोरोनाबाट सर्तक रहन पनि आग्रह गरेको छ।

काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले आज एक विज्ञप्ति जारी गरी कोरोनाको परीक्षण सहज र छिटो छरितो बनाइ जनमानसमा देखिएको भयको वातावरण हटाउन पनि सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउनु भएको छ।

विज्ञप्तिमा अस्पताल, क्वारेन्टाइन र आइसोलेशनमा पर्याप्तमात्रामा अक्सिजनको व्यवस्थापन गर्न माग गर्नुका साथै कोरोना रोकथामका अग्रपंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको व्यक्तिगत स्वास्थ्य सुरक्षाको व्यवस्थापन गर्न पनि माग गरिएको छ।

कोरोना संकटबाट मुक्ति पाउनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न, मास्क अनिवार्य लगाउन, साबुन पानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, भीडभाडमा नजान पनि विज्ञप्तिमा सुझाव दिइएको छ। यस्तै कोरोना विरुद्धको लडाईमा एकजुट भएर आ—आफ्नो क्षेत्रबाट सहयोग र समन्वय गर्न काँग्रेसले आफ्ना नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघसंगठनहरुलाई आव्हानसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...