सुर्खेतको पञ्चपुरी नगरपालिकाले उप प्रधानमन्त्री तथा रक्षा मन्त्री पुर्णबहादुर खड्कालाई स्थानीय बिकासमा आवश्यक सहयोग गरिदिनको लागि आग्रह गरेको छ । सुर्खेत क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनमा सहभागी खड्कालाई नगर प्रमुख लालवीर भण्डारीले मागपत्र पेश गर्नुभएको छ ।
भण्डारीले भेरी कर्णाली दोभान कुईनेमा १ खम्बे झुलुङ्गे पुल निर्माणका लागि विशेष पहल तथा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । त्यसैगरी पञ्चपुरी नगरपालिकालाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नको लागि पर्यटकिय क्षेत्रका पुर्वाधार निर्माण गर्न समेत बजेट ब्यवस्थापन गरिदिन माग गर्नुभएको छ ।
सालकोट अस्पतालको थप सेवा बिस्तार, कृषि क्याम्पस बिद्यापुर, मावि बाबियाचौरमा प्राबिधिक बिषयका लागि पहल तथा सञ्चालन भैरहेका वाटोका काम हरुलाई छिटो बिस्तारका लागि पहल गरिदिन समेत आग्रह समेत गर्नुभएको छ ।
मन्त्री खड्काले स्थानीय स्तर र प्रदेश स्तरवाट सम्बोधन गर्न सकिने बाहेक अन्य बिकास निर्माणका लागि आफुले पहल गर्ने समेत बताउनुभएको छ ।
