नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले राजनीतिमा भर्खर नयाँ खेल सुरु भएको बताउँदै कांग्रेसले खेल्न हतार गर्न नहुने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिले फेरि काग्रेसको काँधमा धैर्यता, संयमता र समय अनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको पनि बताए।
अहिले नै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने बेला भएको छैन, उनले भनेका छन्, भर्खर त नयाँ खेल सुरु भएको छ। परिपक्वता र साहसिक निर्णय काग्रेसबाट देशले फेरि माग गर्दैछ, धैर्यवान बनौँ।
सर्वोच्च अदालतले नेकपा एकीकरण बदर गरेर एमाले र माओवादी ब्यूँताएपछि सत्तासमीकरण फेरबदलको चर्चा भइरहेका बेला महामन्त्री खड्काले कांग्रेसले हतार नगरी खेल खेल्नुपर्ने बताएका हुन् ।