पुर्जाको लोभमा राष्ट्रिय वन मास्ने विरूद्ध पक्राउ पुर्जी जारी,

राष्ट्रिय वन अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कट्कुँइयाँस्थित गुह्य डाँडाका रूख काट्ने दश जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। 

भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी पुर्जा प्राप्त वितरण गर्न भनेर सरकारले फारम भर्न थालेपछि  जग्गा आफ्नो नाममा बनाउने लालचमा उक्त डाँडाका २ सय ४८ वटा सालका रुख केही गाउँलेले मिलेर फागुन ४ गते काटेर नाश पारेका थिए। 

उक्त खबर सार्वजनिक भएपछि डिभिजन वन कार्यालयले अध्ययन अनुसन्धान तीव्र बनाएको थियो। 

तुलसीपुर शव डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साहले प्रारम्भिक अनुसन्धानपछि  रुख काट्नेमध्येका दश जना व्यक्तिहरूको पहिचान गरी मंगलबार दाङ देउखुरी जिल्ला अदालतमा अध्ययन फाइल पेश गरिएको जानकारी दिए। 

वनले आफ्नो तर्फबाट अध्ययन फाइल पेश गरेपछि  जिल्ला अदालतले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको सहायक वन अधिकृत साहले बताए। 

‘हामीले राष्ट्रिय वन फडानी गर्ने कार्यमा संलग्न बारेमा प्रारम्भिक अनुसन्धान गरेर फाइल पेश गरी सकेपछि जिल्ला अदालतबाट दश जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो,’ साहले भने, ‘पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू पक्राउ नपर्दासम्म हामीले नाम सार्वजनिक गर्न मिल्दैन।’

उनीहरूविरूद्ध राष्ट्रिय वन अतिक्रमण ऐन अन्तरगत मुद्दा दायर गरी कानुनी कारबाहीको प्रक्रिया सुरू गरिएको सहायक वन अधिकृत साहले बताए। 

‘गाउँले कसैले पनि गुह्य डाँडाका रूख काटेर नाश पार्नेहरूको नाम भन्न चाहेनन्,’ साहले भने, ‘तै पनि हाम्रो प्रारम्भिक अनुसन्धानबाट दश जना त्यसमा संलग्न भएको निष्कर्षका साथ फाइल पेश गरेका हौं।’

सहायक वन अधिकृत साहले राष्ट्रिय वन अतिक्रमण तथा विनाश गर्ने कार्यमा दश जनामात्रै नभई अरु गाउँले पनि संलग्न रहेको सेतोपाटीलाई बताए। 

‘पहिला दश जनालाई पक्राउ गरेपछि अरू थप को–को त्यसमा संलग्न छन् भनेर खुल्दै जाने छ,’ साहले भने, ‘त्यत्रो विनाशमा दश जना मात्रै हैन थप अरूको पनि संलग्नता रहेको स्पष्ट देखिन्छ।’

वन कार्यालयले काटेका रूखका काठ दाउराको मूल्याङ्कन गरी बिगो निर्धारण गरी मुद्दा दायर गर्ने तयारी गरेको छ। त्यही बिगोको आधारमा दोषी माथि कानुनी कारबाही हुने गर्छ । setopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...