अागामी चुनावलाई मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो चरणमा संगठन बिस्तारकाे कामलाई तिब्रता दिएकाे छ । सुर्खेतकाे पश्चिम चौकुने गाउँ पालिका वडा नं १, २ काे लगाममा संगठन बिस्तार गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कबिराम पुरीकाे सहभागीता रहेकाे कार्यक्रममा पदमबहादुर बान्ताेला संयाेजकत्वमा राप्रपाको संगठन विस्तार तथा सकृय सदस्यता वितरण गर्नको लागि समिति गठन गरेकाे छ ।

जसकाे सदस्यहरुमा प्रेम बहादुर बडुवाल, लोकेन्द्र बहादुर शाही, तेजप्रसाद जैसी, संन्तोष भण्डारी, हिमेन्द्र बहादुर बान्तोला, नन्दकला वि क, कर्ण बहादुर बान्तोला र सदस्य सचिव भोजराज जैसी रहुनभएकाे छ । भेलाले सदस्यता बितरण गर्दै फागुन २० गते सम्म वडा अधिवेशन गरिसक्ने समेत निर्णय गरियो ।