शिक्षक र जनप्रतिनिधि बिच शिक्षा प्रतिकार्य याेजना निर्माण कार्यक्रम सम्पन्न,

युनिसेफकाे सहयोगमा सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा रहेका जनप्रतिनिधि तथा प्रधानाध्यापक हरु बिच सिकाई निरन्तरता अभियान प्रबाेधिकरण तथा शिक्षा प्रतिकार्य याेजना निर्माण कार्यक्रम अाज बाबियाचाैरमा सम्पन्न भएको छ । कार्यक्रममा बिद्यार्थीलाई सिकाउनु पर्ने विधि, काेराेनाका कारण बिद्यार्थी र बिद्यालयमा पारेकाे प्रभाव, अहिलेकाे अबस्थाकाे बारेमा छलफल गरिएको छ । त्यसैगरी बिद्यालयमा बालबालिकालाई नियमित गराउन गर्नुपर्ने प्रयासका बारेमा समेत छलफल गरिएको छ । त्यसैगरी कार्यक्रम बिद्यालयमा सञ्चार सञ्जालिकरण कार्यबिधि २०७७ काे बारेमा छलफल गरिएको छ ।

शिक्षा प्रतिकार्य याेजनामा काेराेना फैलिएर बिद्यालय बन्द भएमा, अांशिकरुपमा बिद्यालय संचालन भएमा र काेराेना जाेखीमका बाबजुत बिद्यालय संचालन गर्नुपरेमा के गर्ने बिषयमा छलफल तथा याेजना निर्माण गरिएको छ । कार्यक्रम मा सामुदायिक बिद्यालय ब्यबस्थापन समिति कर्णाली प्रदेशका अध्यक्ष गाेबिन्द काेइराला, केन्द्रीय सचिव देबि खड्का लगाएतले सहजिकरण गर्नुभएको हाे । समापन कार्यक्रममा पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले पठनपाठनका बिषयमा शिक्षककाे भुमिका महत्त्वपूर्ण हुने र नगरपालिकाले सहजिकरणमा सहयोग गर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...