नेपाली काङ्ग्रेस पञ्चपुरी ४, ६ र ८ को टोल भेला सम्पन्न,

सुर्खेत । नेपाली कांग्रेस पञ्चपुरी वडा नं ४ टोल न ३ चनालीको टोल भेला आज सम्पन्न भएको छ । भेलाले बासुदेब सापकोटाको सभापतित्व मा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

त्यस्तै उपसभापतिमा खुमलाल कंडेल, शोभा भाट सचिवमा मिना चपाइ , भुवन भन्डारी, कोषध्यक्षमा कृष्णा बैजाली मगर सह सचिब पुजा पाण्डे र बल बहादुर बि क रहनुभएको वडा सभापति शुरेन्द्र बहादुर शाहीको जानकारी दिनुभयो ।

त्यसैगरी आज नै पञ्चपुरी ६ भावरमा पनि टोल कमिटी गठन गरिएको छ । जसको सभापतिमा गंगाराम खनाल, उपसभापति पहल सिह बोगटी, हरिकला रेगामी, सचिब टेकबहादुर कठायत, लक्ष्मीप्रसाद कडेल, सहसचिव केशव बुचा र छविलाल तारामी रहनुभएको छ ।

भेलाले महिला संघको सभापतिमा गोमादेवि खनाल सहित ९ सदस्यीय समिति गठन गरेको छ । भेलामा देबवहादुर सार्की, लालबिर भण्डारी, कृपाराम थापा, र वडा सभापति प्रेमबहादुर बिष्टको सहभागीता रहेको थियोे ।

त्यस्तै पञ्चपुरी ८ को टोल न. ४ माझिगाउमा भएको भेलाले सभापतिमा रमेशकुमार गिरी, उपसभापति चिरञ्जीवि पुरी, सचिब भरतराज पुरी, सहसचिव लालबहादुर नेपाली, कोषाध्यक्षमा जमुना गिरी रहनुभएको छ । भेलामा मुक्ति पुरी, वडा सभापति शुसिल घिमिरेको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...