अाफ्नाे जन्म दिनलाई अाजभाेली विभिन्न उत्सब, खानपान तथा रमाइलो तरिकावाट मनाउने प्रचलन रहेकाे छ । तर सुर्खेतकाे चाैकुने गाउपालिका ८ मा व्यापार गर्दै अाउनुभएकाे बिद्या रिमाल (पाैडेल) ले अाफ्नाे २७ अाैं जन्मदिनको अबसरमा स्टेसनरी बितरण गर्नुभएको छ ।

युनिक कम्प्युटर गुटुका प्रो प्राइटर रिमालले सिद्धेश्वरी माद्यामिक बिद्यालय सान्नेघारी का आवासिय १५ जना अनाथ बिद्यार्थीलाई कापी, कलम र पेन्सिल बितरण गर्नुभएको हाे । बिद्यालय का प्रधानाध्यापक रतन सिंह थापाले सहयाेगी रिमाललाई धन्यवाद समेत दिनुभएको छ । बिद्याले जन्मदिनमा गरिने फजुल खर्च लाई बचाएर सहयाेग गरेकाे जानकारी दिनुभएको छ ।