माधव नेपालले ओलीलाई साधारण सदस्यबाट हटाउने,

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् । आज भएको बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।

‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ’ उनले भने ।

उनले थपे, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं ।’ बालुवाटारमा लगेर सुरेन्द्र पाण्डे र श्रीराम ढकालले स्पष्टीकरणको पत्र बुझाएको तर ओलीले जवाफ दिने आँट नभएको दावी नेपालले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...