संसद बिघटनका बिरुद्ध काङ्ग्रेसले अाज सुर्खेतकाे पञ्चपुरीका ११ अाेटा वडाहरुमा बिरोध प्रदर्शन गरेकाे छ । वडा स्तरमा काङ्ग्रेसका नेता तथा कार्यकर्ताकाे उत्साहजनक उपस्थिति रहेकाे छ । सरकारकाे बिरुद्धमा चर्काे नाराबाजी र र्याली सहित विभिन्न वडाहरुमा सभाकाे अायाेजना गरिएको छ । पञ्चपुरीका वडा नं १ मा मुक्ति रेग्मी, वडा नं २ मा बिरबहादुर सलामी, बडा नं ३ मा ईन्द्र बहादुर रावल, वडा नं ४ मा रुपेन्द्रकुमार यादब, वडा नं ५ मा यामबहादुर बिसीले सम्बाेधन गरेका छन ।
त्यसैगरी वडा नं ६ मा दिपक थापा, वडा नं ७ मा उपेन्द्रबहादुर थापा, वडा नं ८ मा छबिलाल सिग्देल, वडा नं ९ मा कलम खत्री, वडा नं १० मा नरेन्द्र शाही र वडा नं ११ मा डिल्लीराम पाठकले सम्बाेधन गरेका छन । कार्यक्रममा सम्बाेधन गर्ने बक्ताहरुले सरकारले गरेकाे असम्बैधानिक कदमकाे बिराेध गर्दै काङ्ग्रेस अझै शसक्त हुन अाग्रह समेत गरेका छन ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।