नेकपाले संबिधानलाई कागजकाे खाेस्टाे सम्झ्याे- नेता गिरी,

नेपाली काङ्ग्रेसका नेता धर्मराज गिरिले बर्तमान नेकपाकाे सरकारले संबिधान लाई कागजकाे खाेस्टाे सरह सम्झेकाे बताएका छन । नेपाली काङ्ग्रेस पञ्चपुरी नगरकार्य समिति सुर्खेतले अायाेजना गरेकाे बिराेध सभामा बाेल्दै नेता गिरीले यस्तो बताएका हुन । देश काेराेनाकाे जाेखिममा रहेकाे बेला बर्तमान सरकार अापसमा लडाइँ गरिरहेकाे समेत बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसले पलैटेकाे शान्ति बजारदेखी र्‍याली सहित पिपल चाैतारामा पुगि सभामा परिणत भएको थियोे । कार्यक्रममा नेपाली काङ्ग्रेसका डिल्लीराम पाठक,छ्बिलाल सिग्देल, कृतिराज जाेशी, कृपाराम थापा, यामबहादुर बिसी लगाएतका नेताहरुले सरकारले गरेकाे असंवैधानिक कदमकाे बिराेध गरेका छन । नगर सचिब प्रेमबहादुर बिष्टले संचालन गरेकाे कार्यक्रमकाे सभापतित्व नगर सभापति नरेन्द्र शाहीले गर्नुभएको थियोे । नेपाली काङ्ग्रेसले संसद बिघटनका बिरुद्ध देशभरका ७ सय ५३ अाेटा स्थानीय तहमा बिराेध प्रदर्शन गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...