मन्त्री रावल प्रचण्ड–माधव समूहमा लागे,

26 पटक हेरिएको

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल प्रचण्ड–माधव समूहमा लागेका छन् । मन्त्री रावल प्रधानमन्त्री केपी शर्मा ओलीको कित्ता परिवर्तन गरेर प्रचण्ड नेपाल समुहमा प्रवेश गर्न जिल्लाका नेता तथा कार्यकर्ता लिएर पेरिसडाँडा पुगेका हुन् ।

प्रदेश सांसद हुँदै प्रदेश मन्त्रीसम्म ओलीकै कित्ताबाट अघि बढेका रावल हुम्लाका केही जिल्ला स्तरका नेताहरुलाई लिएर आज पेरिसडाँडा पुगेका हुन् ।

प्रदेश सरकारको मन्त्री पद जोगाउन कित्ता परिवर्तन गरेका रावलले ओली कित्तामा रहेका शिवराज शर्मा, ज्ञामी बुमी, पुर्णप्रसाद ढकाल, सर्केघार्ड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीसहितका नेता लिएर पार्टी कार्यालय पेरिसडाँडा पुगेका हुन् ।

को को ले कित्ता परिवर्तन गरे हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...