पञ्चपुरी नगरपालिका वडा नं. ३ को कार्यालयले टोल टोलमै पुगेर अपाङ्गता भएका नागरिकलाइ न्यानो कपडा वितरण गरेको छ । वडा ३ का जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयको सेवा क्षेत्रको तोक्मा, लामिदमार, लगम र चौरमा पुगेर ४२ जना अपाङ्गता भएका ब्यक्तिहरुलाइ न्यानो कपडा बितरण गरेका हुन ।
राज्यका हरेक निकायले अपाङ्गता भएका ब्यक्तिहरुलाइ हेर्ने दृष्टिकोण फरक भएको बेला वडा कार्यालयले चिसो समयमा सानो सहयोगको रुपमा कपडा बितरण गरेको वडा नं ३ का अध्यक्ष बलबहादुर रोकायले जानकारी दिनुभएको छ ।
न्यानो कपडा बुझ्दै वडा नं. ३ का इन्द्र बहादुर बुढाले घरमै आएर सहयोग गरेको देख्दा खुसी लागेको बताउनुभएको छ । अपाङ्गता भएका ब्यक्तिहरुका समस्या आज सम्म कसैले पनि सुनुवाइ नगरेको र यो चिसो मौसममा सहयोग पाउदा स्थानिय सरकार घरमै आएको बल्ल महसुस भएको बुढाले बताउनुभयो ।
बुढाले आगामी दिनमा स्थानिय सरकारले आवास निर्माणका लागि जस्ता पाता, बिभिन्न सिपमुलक तालिमको ब्यवस्था गरिदिएको भए राम्रो हुने समेत बताउनुभएको छ । जनप्रतिनिधि र कर्मचारी घरमै पुगेर सहयोग गर्दा अपाङ्गता भएका नागरिकहरु खुसी भएका छन ।