आवाज संस्था सुर्खेतकाे आयाेजनामा भएको २ दिने लैङ्िगक न्याय प्रवर्द्धन गर्नका लागि कानुनी सराेकारवाला हरु बिच अभिमुखिकरण कार्यक्रम आज बाबियाचाैरमा सम्पन्न भएको छ ।
पञ्चपुरी नगरपालिकाकाे बाबियाचाैरमा भएको कार्यक्रममा नगरपालिका अन्तरगतका प्रहरी प्रमुख, शिक्षक, जनप्रतिनिधि, युवा समूह , महिला समुहका प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियोे ।
लैङ्िगक हिंसा प्रभावित ब्यक्ति हरुलाई न्यायमा पहुचका लागि सहज उपाय खाेजि गर्ने, सहभागीलाई याैन हिंसामा घटनामा संबेदनसिल बनाउने, न्यायीक प्रकृयामा जादा सुरक्षित र संबेदनसिल सेवा प्रदान गर्ने बाताबरणको सृजना गर्ने कार्यक्रमकाे उद्देश्य रहेकाे थियोे ।
तालिमको सहजिकरण संस्थाका सुशील कार्की, निशा पाैडेल र वाम संस्थाका मधुरानी ढकालले सहजिकरण गर्नुभएको थियाे । आवाज संस्थाले पञ्चपुरीमा महिला बालबालिका तथा युवाहरुकाे लागि कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।